शुक्रबार, ७ वैशाख २०८१

अमेरिकी वैज्ञानिकले पत्ता लगाए कोरोनालाई ९९.९९ प्रतिसत् निष्क्रिय बनाउने नयाँ तरिका

समयपोष्ट २०७७ कार्तिक ८ गते १८:३०

Advertisement

अमेरिकाका वैज्ञानिकले कोरोना भाइरसलाई निष्क्रिय बनाउने नयाँ तरिका पत्ता लगाएका छन्।

पेनसिलवेनिया विश्वविद्यालयका वैज्ञानिकले मुख कुल्ला गर्ने ‘ओरल एन्टिसेप्टिक’ र ‘माउथवास’को प्रयोगले पनि कोरोना निष्क्रिय पार्न सकिने दाबी गरेका हुन्।

मुख सफा गर्ने यस्ता औषधिले कुल्ला गर्ने हो भने मुखमा रहेका कोरोना भाइरसको संख्या कम गर्न सकिने कुरा प्रयोगशालामा गरिएको परीक्षणबाट पुष्टि भएको उनीहरूको दाबी छ।

वैज्ञानिकका अनुसार प्रयोगशालामा ओरल एन्टिसेप्टिक, माउथवास र बेबी स्याम्पु मानिसमा पाइने कोरोना भाइरसमा हालेर अनुसन्धान गरिएको थियो। त्यस क्रममा केही हदसम्म कोरोना भाइरस निष्क्रिय भएको पाइएको उनीहरूको भनाइ छ।

जर्नल अफ मेडिकल भाइरोलजीमा प्रकाशित अनुसन्धानअनुसार बेबी स्याम्पुले २ मिनेटमा ९९.९ प्रतिशतसम्म तथा माउथवासले एक मिनेटसम्म गार्गल गर्दा ९९.९९ प्रतिशतसम्म कोरोना निष्क्रिय बनाउन सकिन्छ।

कोरोना संक्रमण भएका तथा क्वारेन्टिनमा रहेका व्यक्तिले नियमित यो प्रयोग गर्ने हो भने निकै प्रभावकारी हुने अनुसन्धानले देखाएको छ।

पेनसिलवेनिया विश्वविद्यालयका माइक्रोबायोलजिस्ट क्रेग मेयर्सले भनेका छन्, ‘जबसम्म खोप आउँदैन, तबसम्म कोरोना रोक्न यस्तै नयाँ-नयाँ तरिका खोज्न जरुरी छ।’

उनका अनुसार ओरल एन्टिसेप्टिक र माउथवास सजिलै पाइने कुरा हुन् भने यो मानिसले दैनिक प्रयोग गर्ने चिज पनि हुन्। जुन प्रयोग गरेर मुखमा रहेका भाइरसको संख्या निकै घटाउन सकिने उनको भनाइ छ।

विज्ञका अनुसार नाक र मुख नै कोरोना भाइरस शरीरमा प्रवेश गर्ने प्रमुख मार्ग हुन्।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री