शनिबार, ८ वैशाख २०८१

कोरोना संक्रमितको उपचारमा प्रभावकारी अक्सिजन थेरापी

समयपोष्ट २०७७ कार्तिक ६ गते २१:३३

Advertisement

कोरोना संक्रमितको मृत्युदर कम गर्न अक्सिजन थेरापी प्रभावकारी हुँने विज्ञले बताएका छन् ।

अक्सिजन थेरापीले लक्षणसहितका कोराना संक्रमित निको हुने दर बढ्ने उनीहरूको भनाइ छ । उपयुक्त मात्राको अक्सिजन थेरापीले मृत्युदरमा उल्लेख्य कमी समेत आएको छ ।  

कोरोनाका मध्यम र गम्भीर बिरामीको उपचार एवं ‘क्लिनिकल म्यानेजमेन्ट’ मा अक्सिजन थेरापी महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूले मुलुकभरका स्वास्थ्य केन्द्रमा अक्सिजन पर्याप्त हुनु अत्यावश्यक भइसकेको बताएका छन् ।

पछिल्लो समयमा अक्सिजन कमी भएर ३० देखि ६० वर्षसम्म उमेर समूहका संक्रमित सबैभन्दा बढी प्रभावित भएका छन् । ‘अहिले हामीकहाँ भएका (१ सय २० जना) बिरामीमध्ये ८० प्रतिशतलाई बाहिरबाट अक्सिजन दिन आवश्यक छ । अक्सिजन कम भएर सास फेर्न गाह्रो हुने गरेको हो,’ त्रिवि शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक एवं छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासले भने, ‘उनीहरूलाई उपयुक्त रूपमा अक्सिजन दिएर उपचार थाल्यौं भने छिट्टै निको हुन्छन् ।’

विज्ञहरूका अनुसार संक्रमण भइसकेपछि व्यक्तिको शरीरमा अक्सिजनको स्तरमा तीव्र गतिले कमी हुँदै जान्छ । त्यस्तै कोरोनाले निमोनिया भएर अक्सिजन दिनुपर्ने अवस्थाका बिरामीको संख्या बढिरहेको छ । अक्सिजनको कमीले बिरामीको मृत्युसमेत भइरहेको छ । अक्सिजन थेरापीबाट बिरामीलाई अतिरिक्त (पूरक) अक्सिजन दिइन्छ । कोरोनाका लक्षणसहितका बिरामीमध्ये ७० देखि ८० प्रतिशतलाई अक्सिजन आवश्यक पर्ने गरेको छ । हाल काठमाडौं उपत्यकालगायत विभिन्न ठाउँमा बिरामीको आवश्यकताअनुसार अक्सिजनसहितका शय्या अभाव रहेको चिकित्सकहरूको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री