बिहीबार, १३ वैशाख २०८१

पूर्वराजाको सन्देश : जीवन सहज र सुरक्षित बनाउन राजनीतिक दलहरु असफल भए

समयपोष्ट २०७७ कार्तिक ६ गते २१:१९

Advertisement

पूर्वराजा ज्ञानेन्द शाहले कोरोनाभाइरसको महामारीमा आम जनता टुहुरा हूँन पुगेको बताएका छन् ।

बिहीबार एक बिज्ञप्ती जारी गर्दै पुर्व राजा ज्ञानेन्द्रले भनेका छन्, ‘संकटको घडीमा अभिभावको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावकविहीन टुहुरा बनेको पीडाबोध यतिबेला हुँदैछ ।’

पूर्वराजा शाहले महामारीमा नागरिक जीवन सहज र सुरक्षित बनाउन राजनीतिक दलहरु असफल भएको समेत बताएका छन् ।

प्राकृितक विपत्ति मानव वसको कुरा नभए पनि विपत्तिसँग भिड्दा नागरिक जीवन सहज र सुक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत हुन नसक्दा आम जनताको दैनिक जीवन कष्टकर बन्दै गएको उनको ठहर छ ।

शाहले दैनिक जीविकाको अत्यावश्यक वस्तुको मूल्यवृद्धि, अभाव र गुणस्तरीयतामा ह्रास जस्ता विषयले जनजीवन पिरोलिएकोमा चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री