बुधबार, १२ वैशाख २०८१

एसडिसि,वान टु वाच, एन एम बि र लक्ष्मी बैंकबीच एमएसएमईलाई सहयोग गर्ने साझेदारी

समयपोष्ट २०७७ कार्तिक ६ गते १४:११

Advertisement

स्वीस सरकार बिकास सहयोग एसडिसिको सहयोगमा वान टु वाचले एन एम बि बैंक र लक्ष्मी बैंकसंग साझेदारी गरि कोभिड-१९ एमएसएमई
कोषको घोषणा गरेको छ ।

यो कोषको मुल उद्देश्य कोभिड – १९ बाट प्रभावित लघु, साना तथा मझौला व्यावसायहरुलाई सहयोग दिने रहेको छ । यो कोषबाट व्यवसायहरुलाई
छोटो अवधिको लागि कर्जा प्रदान गर्नुका साथै व्यवसाय अनुकूल परामर्श र तालिम पनि प्रदान गरि व्यवसायको दिर्घायु निरन्तरतामा सहयोग पुर्याउन
र रोजगारी जोगाउन मद्दत गर्ने छ ।

यो कोषद्धारा करिब १०० व्यवसायलाई सहयोग पुर्याउने र करिब १००० रोजगारी जोगाउने अपेक्षा गरिएको छ । यस अन्तर्गत कोभिड १९ बाट प्रभावित तर व्यवसाय गर्ने क्षमता भएका व्यवसायलाई धितो रहित कर्जा र १८ महिना सम्मको लागि व्याज पनि मिनाहा गरिनेछ । साथै त्यी व्यवसायहरु मध्ये छनोटमा परेका व्यावसायीहरुले आफ्नो व्यावसाय अनुकूल परामर्श पनि प्राप्त गर्ने छन्।

वान टु वाचका प्रबन्ध निर्देशक सुमन जोशी भन्छन्, “यस्तो विषम परिस्थितिमा, यो कोषले वान टु वाचको लगानी र व्यवसाय परामर्शको विशेषज्ञताको प्रयोग गर्दै उच्च क्षमता भएका व्यवसायलाई पहिचान गरि सहयोग गर्नेछ ।”

जोशीका अनुसार यो पहल एक “पायलट/प्रयोगात्मक“ हुने जसमा अरु बैंक साझेदारहरुको सहभागिता बढ्दै जाने छ ।

नेपालको लागि स्विस राजदुत एलिजाबेथ भोन क्यापेलरले लघु, साना तथा मझौला व्यावसायहरु नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको बताए । उनले
यी व्यवसायहरुको आथिक अवस्थामा सुधार ल्याउँदा समग्र अर्थतन्त्र नै पुनः चलायमान गर्न बलियो जग खडा गर्न सकिने बताए ।

उनले भने,”लामो समय देखि नेपालको विकास साझेदारका रुपमा रहेको एसडिसिले निजी क्षेत्रसंगको साझेदारीमा गरिने यस पहललाई हयोग गर्दा गर्व महसुस गरेका र्छौं ।”

त्यस्तै लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह भन्छन्, “हामी एक खुद्रा तथा एमएसई केन्द्रित बैंक हौं, हामी आशावादी छौं कि यो सहकार्यले ऋण योग्य साना उद्यमीहरुलाई बैकं ऋणको पहुँचले यस विषम परिस्थितिमा, व्यवसाय र जिविका चलाउन सहयोग पुर्याउने छ । हाम्रो धारणा यो छ कि एमएसई हरुलाई यस समय विशेष ध्यान र सहयोगको आवश्यकता छ र यस क्षेत्रले देशको अर्थतन्त्र पुनः चलायमान गर्नका साथै दीर्घकालीन अवधिमा अर्थतन्त्रलाई गति दिएर टेवा पुर्याउने छ ।”

यसैगरी एनएमबी बैंक प्रमुख कार्यकारी अधिकृत सुनील केसी भन्छन्, “एनएमबी बैंकको प्राथमिकता भनेको दिगो बैकिङ्ग हो र एमएसएमई नै अर्थतन्त्रको दिगो बृद्धिको प्रमुख चालक हुन भन्ने हाम्रो धारणा हो । सम्पूर्ण व्यासायिक क्षेत्रहरु विशेष गरि एमएसएमई अहिले कमजोर छ र घाटा बेहोरी राखेको छ । यस्ता व्यवसायहरुको पुनरुद्धार योजनालाई साथ दिन, एनएमबी बैंक, एक साझेदार बैकंको रुपमा अति प्रभावित व्यवसायलाई धितो रहित कर्जा प्रदान गर्न प्रतिबद्ध छ । एनएमबी बैंकले यस्तो अन्य पहलहरुलाई समर्थन प्रदान गर्न प्रतिवद्ध छ ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री