शुक्रबार, ७ वैशाख २०८१

श्वास परीक्षणबाट ६० सेकेण्डमै कोरोना परीक्षण

समयपोष्ट २०७७ कार्तिक ६ गते १३:००

Advertisement

कोरोनाभाइरस संक्रमण पत्ता लगाउन सिंगापुरले नयाँ प्रविधिको विकास गरेको छ ।

यो प्रविधिमार्फत ६० सेकेण्डमै कोरोनाभाइरस संक्रमण भए नभएको पत्ता लगाउन सकिने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

ब्रेथोनिक्स नामक कम्पनीले विकास गरेको यो प्रविधिबाट श्वास परीक्षण गरिन्छ । यो विधिबाट ६० सेकेण्डमै कोरोना परीक्षण गर्न सकिने सिंगापुरको नेसनल विश्वविद्यालयले जनाएको छ ।

६० सेकेण्डमै कोरोना परीक्षण गर्ने विधिको विकास कम्पनीका लागि नेसनल विश्वविद्यालयका विद्यार्थी डा.जिया युनान र दु फाङले मिलेर गरेका थिए । यो विधि पिसिआर भन्दा धेरै प्रभावकारी छ । यसको प्रभावकारीता ९० प्रतिशत भन्दा धेरै रहेको विश्वविद्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री