बिहीबार, १३ वैशाख २०८१

रुपन्देही र अर्घाखाँचीका २ संक्रमितको मृत्यु

समयपोष्ट २०७७ कार्तिक ६ गते १०:०२

Advertisement

बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा रुपन्देही र अर्घाखाँचीका दुईजनाको मृत्यु भएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुष र अर्घाखाँचीको अड्गुरीका ३८ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा गएराति मृत्यु भएको हो ।

कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका तिलोत्तमाका पुरुषको राति १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै असोज २२ गते कोरोना पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका अर्घाखाँचीका पुरुषको बुधबार राति साढे ९ बजे मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री