शनिबार, ८ वैशाख २०८१

कुमारी बैंकले घोषणा गर्यो १४% लाभांश

समयपोष्ट २०७७ कार्तिक ५ गते २१:२१

Advertisement

कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि आफ्ना शेयरधनीहरुलाई १४% लाभांश दिने घोषणा गरेको छ ।

कार्तिक ५ गते बसेको बैंकको संचालक समितिको बैठकबाट आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १०% बोनस शेयर तथा ४% नगद लाभांश दिने प्रस्ताव पारित भएको छ ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि लागू हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री