मंगलबार, ४ वैशाख २०८१

नबिल बैंकका अध्यक्षले लिए सपथ

समयपोष्ट २०७७ कार्तिक ५ गते १६:०२

Advertisement

नबिल बैंकको नव नियुक्त अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले शपथ ग्रहण गर्नु भएको छ ।

नव नियुक्त अध्यक्षलाई आज आयोजित एक भर्चुअल समारोह बीच नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले शपथ ग्रहण गराउनु भएको हो ।

शपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंक तथा नबिल बैंकका उच्चपदस्थ कर्मचारीहरुको भर्चुअल उपस्थिति थियो ।

२०७४ मंसिर १५ गतेदेखि सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गर्नुभएका पौड्याल २०७७ आश्विन २० गते बैंक सञ्चालक समितिको अध्यक्षमा नियुक्त हुनु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री