शनिबार, ८ वैशाख २०८१

जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा

समयपोष्ट २०७७ कार्तिक ५ गते १५:४४

Advertisement

प्रभु बैंकले रुपन्देही जिल्लाको सिद्वार्थनगर नगरपालिकास्थित वडा नं ०५ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले बुधबारबाट उक्त एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको बैंकले जिल्ला प्रशासन कार्यलय रुपन्देहीमा पनि सेवा विस्तार गर्न सफल भएको हो ।

बैंकको एक्स्टेन्सन काउण्टरबाट जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकले २१० वटा शाखा कार्यालय, १९४ वटा एटिएम, ५५ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री