बिहीबार, १३ वैशाख २०८१

तीन ठाउँमा निर्वाचन गर्ने गरी उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्यो तालिका

समयपोष्ट २०७७ कार्तिक ५ गते १०:१६

Advertisement

नेपाल उद्योग वाणिज्य महासंघले निर्वाचन तालिका सार्वजनिक गरेको छ।

महासंघले तीन ठाउँमा निर्वाचन गर्ने गरी बुधवार निर्वाचन तालिका सार्वजनिक गरेको हो ।

महासंघले महासंघको कार्यालय टेकु, कार्की व्याङकेट बबरमहल र पज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचनका कार्यक्रमहरू गर्ने जनाएको छ ।

महासंघको ५४ औ वार्षिक साधारण सभा मङ्सिर ११ र १२ गते हुँनेछ । निर्वाचनका लागि उम्मेद्वारहरुको मनोनयन पत्र बुधवार देखिनै दाखिला गर्न सकिने छ।

दाखिला भएको मनोनयन पत्रको आधारमा उम्मेद्वारहरुको पहिलो नामावली मङ्सिर चार गते साँझ ६ बजे प्रकाशित हुने छ। उम्मेद्वारहरुका विरुद्धमा परेका दाबी विरोधको छिनोफानो पछि अन्तिम नामावली मङ्सिर ८ गते प्रकाशन हुने सूचनामा भनिएको छ।

कोभिड १९ र सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई दृष्टिगत गर्दै भिन्दा भिन्दै ठाउँमा निर्वाचनका कार्यक्रम तय गरिएको महासंघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री