शनिबार, ८ वैशाख २०८१

नेपाली बजारमा फक्सवागनको टीएसआई इन्जिन सहितको दुई गाडी ‘पोलो’ र ‘भेन्टो’

समयपोष्ट २०७७ कार्तिक ४ गते १६:४०

Advertisement

विश्व प्रसिद्ध अटोमोबाइल ब्राण्ड फक्सवागनले नेपाली बजारमा टीएसआई इन्जिन सहितको दुई प्रतिष्ठित गाडी ‘पोलो १.०’ र भेन्टो भित्र्याएको छ । नेपालका लागि फक्सवागनको आधिकारिक बिक्रेता पुजा इन्टरनेसनले हालैमात्र पोलो र भेन्टो नेपाली बजारमा भित्र्याएको हो ।

टीएसआई अर्थात टर्बोचार्जड स्ट्राटिफाइड इन्जेक्सन इन्जिन फक्सगानको निकै नै महत्त्वपूर्ण र धेरै पुरस्कारद्वारा सुसज्जित इन्जिन हो । कम्प्याक्ट, उच्च पावरयुक्त, इन्धन किफायती र १.० लिटर बीएस ६ इन्जिनयुक्त यी गाडीले ११० पीएस पावर र १७५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६–स्पिड म्यानुअल ट्रान्सिमसन र अटोमेटिक ट्रान्समिसन उपलब्ध छ । जुन गाडीले धेरै पटक अन्तराष्ट्रियस्तरका प्रतिष्ठित पुरस्कारहरु समेत जित्न सफल भइसकेको छ ।

न्यू स्टाइलिस हनीकम्ब ग्रिल, स्पोर्टी बडी साइड ग्राफिक्स, प्यासेन्जर डोरनेर बोल्ड टीएसआई ब्याज, स्टनिङ ब्ल्याक ओआरभीएम लगायत विविध युटिलिटी फिचर्सहरुले गाडी सुसञ्जित छ ।
अधिकतम स्पिडमा पनि फन–टु–ड्राइभ अनुभवका साथ इन्धन किफायतीपना समेत हुने गरी फक्सवागनको टीएसआई इन्जिनको डिजाइन गरिएको कम्पनीले बताएको छ ।

यी सबै कारण टीएसआई इन्जिनयुक्त पोलोले १८.२४ किमी र भेन्टोले १७.६९ किमी प्रतिलिटर माइलेज दिने कम्पनीको दावी छ ।
‘यो सेगमेन्टमै सबैभन्दा शक्तिशाली पोलो टीएसआई पावरफुल ह्याचब्याक गाडी हो । जुन प्रतिक्षित गाडी बजारमा ल्याउन पाउदा हामी निकै उत्साहित छौं ।’ पूजा इन्टरनेसनलका मार्केटिङ म्यानेजर विराज श्रेष्ठले भने, ‘पोलो टीएसआईले आम अटो प्रयोगकर्ताहरुको मन जित्नेमा हामी विश्वस्त छौं ।’
१.० टीएसआई १ हजार सीसी क्षमता भए पनि यसले १ हजार ६ सय सीसी भन्दा बढी क्षमताको इन्जिनले प्रदान गर्ने पावर प्रदान गर्ने श्रेष्ठको भनाई छ ।
त्यसो त फक्सवागनले एक दशक भन्दा लामो समय लगाएर इन्जिन जगतमै नयाँ एड्भान्स्ड इन्जिनको विकास गरेको कम्पनीको दाबी छ ।

नेपालका लागि विभिन्न भेरिएन्टमा उपलब्ध पोलो र भेन्टोको मूल्य न्यूनतम ३६ लाख ९० हजार देखि अधिकतम ५४ लाख ४० हजार रुपैयाँ सम्म रहेको छ ।

पोलो
पोलो कम्फर्टलाइन टीएसआईको मूल्य ३६ लाख ९० हजार, हाइलाइन प्लस म्यानुअलको मूल्य ३९ लाख ९० हजार, हाइलाइन प्लस टीएसआई म्यानुअलको मूल्य ४० लाख ४० हजार, हाइलाइन प्लस टीएसआई अटोमेटिकको मूल्य ४५ लाख ४० हजार र पोलो जीटी हाइलाइन टीएसआईको मूल्य ४७ लाख ४० हजार रुपैयाँ छ ।

भेन्टो
भेन्टो ट्रेन्डलाइन टीएसआईको मूल्य ३९ लाख ४० हजार, कम्फर्टलाइन टीएसआईको मूल्य ४२ लाख ४० हजार, हाइलाइन टीएसआई म्यानुअलको मूल्य ४४ लाख ४० हजार, हाइलाइन प्लस टीएसआई म्यानुअलको मूल्य ४९ लाख ४० हजार, हाइलाइन टीएसआई अटोमेटिकको मूल्य ५० लाख ४० हजार र हाइलाइन प्लस टीएसआई अटोमेटिकको मूल्य ५४ लाख ४० हजार रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री