बिहीबार, १३ वैशाख २०८१

कंगनालाई वकिलले दिए बलात्कार गर्ने धम्की

समयपोष्ट २०७७ कार्तिक ४ गते १४:५२

Advertisement

बलिउड नायिका कंगना रनौतलाई बलात्कारको धम्की आएको छ ।

कंगनालाई एक वकिलले सोसल मिडियामा बलात्कारको धम्की दिएका हुन् । यो धम्की कंगनाको त्यो पोस्टमा आएको छ जमा उनले नवरात्रि र ब्रतको कुरा गरेकी थिइन् । यद्यपि, जब घटना गर्मायो तब वकिलले माफी मागे र आफ्नो आइडी ह्याक भएको भन्दै स्पष्टिकरण दिएका थिए ।

ओडिशाका वकिल मेहन्दी रजाले कंगनाको पोस्टमा कमेन्ट गरेका थिए जसमा उनले भनेका थिए, ‘तपार्ईंको बीच शहरमा बलात्कार हुनुपर्छ ।’

प्रयोगकर्ताको प्रतिक्रिया पछि रजाले पोस्टमा माफीनामा लेखेका छन् । रजाले लेखे, ‘आज मेरो फेसबुक आइडी ह्याक भएको थियो, जसमा केही अपमानजनक कमेन्ट पोस्ट भयो । कुनै पनि महिला वा कम्युनिटीबारे यो मेरो दृष्टिकोण होइन । म आफैंपनि अचम्ममा छु र म यसका लागि माफी माग्छु । जसको भावना आहत भएको छ उहाँहरुले मलाई माफ गरिदिनुहोस् । म साँच्चै नै यसका लागि माफी माग्छु ।’एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री