बिहीबार, १५ चैत २०८०

नबिल बैंकले व्यवसायिक प्रयोजका लागि बनाएको भिडियो एकाएक चर्चित भएपछि….(हेर्नुहोस् भिडियो)

समयपोष्ट २०७७ कार्तिक ४ गते ८:३९

Advertisement

दशैं–तिहारलाई लक्षित गरी नबिल बैंकले बनाएको चेतनामुलक भिडियो अहिले समाजीक सञ्जालमा चर्चित बन्दै गएको छ ।

कोभिड–१९ को तिब्र संक्रमणकै बीच डिजिटल कारोबारलाई सहयोग पुग्ने गरी बैंकले आफ्नो कार्डको प्रबर्दन गर्न बनाएको विज्ञापनमुलक भिडियो सामाजीक सञ्जालमा रुचाईएको हो ।

भिडियोमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइस संक्रमणको पीडा, चाडपर्वमा बालबालिकाको चाहना, तथा विद्युतीय भुक्तानीले गर्दा महामारीमा पनि बालिबालिकालाई दिलाएको खुसी देखाईएको छ ।

तीन मिनेट २६ सेकेन्डको उक्त भिडियोले धेरै नेपालीको मन छोएको देखिन्छ । व्यवसायिक प्रयोजका लागि बनाइएको भिडियो एकाएक चर्चित भएपछि बैंकका कर्मचारीहरु उत्साहित भएका छन् ।

बैंकका सञ्चार विभाग प्रमुख कृष्ण सुवेदी अनुसार कोरोना भाइरसले बैंकका कर्मचारीहरुसँगै ग्राहकहरु पनि संक्रमित भइरहेकाले उनीहरुको आत्मबल बलियो बनाउन र कोरोनालाई सजिलै जित्न सकिन्छ भन्ने सन्देश दिन भिडियो बनाएको बताए ।

हेर्नुहोस् चर्चित भिडियो

प्रतिक्रिया

सम्बन्धित सामाग्री