बिहीबार, १३ वैशाख २०८१

नबिल बैंकका सिइओ अनिल शाहलाई कोरोनाभाइरसको संक्रमण पुष्टि

समयपोष्ट २०७७ कार्तिक २ गते ११:४३

Advertisement

बैंकर अनिल केसरी शाहलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

शनिबार गरिएको पीसीआर परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको हो ।

गत बुधबार पनि उनले पीसीआर परीक्षण गरेका थिए । त्यतिबेला भने उनको रिपोर्ट नेगेटिभ आएको थियो । तर, गन्ध थाहा नपाउने लक्षण रहेका कारण डाक्टरहरुले उनलाई आइसोलेसनमा नै बस्ने सुझाव दिएका थिए ।

आइसोलेसनमा रहेको बेला उनले शनिबार पुनः परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

शाहले आफूलाई गन्ध थाहा नपाउने बाहेक अन्य कुनै लक्षण नरहेको र घरमा नै आइसोलेसनमा रहने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री