शनिबार, ८ वैशाख २०८१

अपार्टमेन्टबाट साढे २२ किलो सुन बरामद

समयपोष्ट २०७७ कार्तिक १ गते १५:५०

Advertisement

वीरगन्ज महानगरपालिका वडा नम्बर ५ स्थित गणेश अपार्टमेन्टबाट प्रहरीले साढे २२ किलो सुन बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गंगा पन्त नेतृत्वको टोलीले सो सुन बरामद गरेको हो ।

प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी धीरज प्रताप सिंहले विशेष सूचनामा आधारमा प्रहरीले अपार्टमेन्टमा छापा मारेको बताए । सो अपार्टमेन्टमा भारतीय नागरिक आशोक सिन्हा भाडामा बस्दै आएका थिए । प्रहरीले सुन बरामद गरेपनि कसैलाई नियन्त्रणमा भने लिएको छैन ।

सुनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री