बिहीबार, १५ चैत २०८०

‘फोन पे डाइरेक्टसँग,दशैँ धन मौका ’ योजना : ५ लाखसम्म जित्ने अवसर

समयपोष्ट २०७७ कार्तिक १ गते १३:२२

Advertisement

फोन पे पेमेन्ट सर्विस लिमिटेडले नेपालीहरुको महान चाड दशैँलाई लक्षित गर्दै ‘फोन पे डाइरेक्टसँग,दशैँ धन मौका ’ नामक योजना सार्बजनिक गरेको छ ।

योजना अन्तरगत फोन पे डाइरेक्ट मार्फत बैंक तथा वित्तीय संस्थामा अन्तर बैंक कारोबार गर्दा हरेक दिन एक लाख रूपैयाँ जित्न सकिनेछ । कार्तिक १ गते घटस्थापना देखि कार्तिक १४ गते पुर्णिमा सम्मसञ्चालन हुने यो योजनामा बम्पर उपहारमा रू ५ लाख जित्न सकिनेछ ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले फोन पे ले यस्तो योजना सुरु गरेको हो । यस योजनामा क्यूआर मार्फत गरिने भुक्तानीलाई भने समावेश गरिने छैन ।

नेपालको पहिलो र सबैभन्दा अग्रणी फोन पे सर्विस लिमिटेडका करिब डेढ लाख मर्चेन्ट रहेका छन् । फोन पे बैंकिङ, वालेट तथा मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगि सकेको छ । फोन पे मा ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्यका रूपमा आबद्ध रहेका छन् । जहाँबाट नेपालभरका मोबाइल बैंकिङ प्रयोगकर्तालाई आफ्नो सेवा प्रदान गरिरहेको छ ।

साथै इसेवाका करिब ३५ लाख ग्राहकले यसबाट प्रत्यक्ष फाइदा लिइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री