शुक्रबार, ७ वैशाख २०८१

भोलि उपत्यकाका दुई दर्जन बढी क्षेत्रमा विद्युत आपूर्ति बन्द

समयपोष्ट २०७७ असोज ३० गते २२:३५

Advertisement

शनिबार काठमाडौं उपत्यकाका दुई दर्जन बढी क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ ।

क्षमता विस्तार र मर्मतका लागि भक्तपुरको ठिमी, काठमाडौंको बालाजु र कुलेश्वर वितरण केन्द्रबाट आपूर्ति हुने दुई दर्जन क्षेत्रमा बिजुली बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

ठिमीमा बुस कटिङका लागि विहान १० देखि मध्यान्ह १२ बजेसम्म, यस्तै मर्मतका लागि मध्यान्ह १२ देखि ३ बजेसम्म बिजुली आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

यस्तै बालाजुमा मर्मतका लागि ११ देखि मध्यान्ह १ बजेसम्म र कुलेश्वर वितरण केन्द्रका स्थानहरुमा ट्रान्सफरमर जडान र रुख काट्ने कामका लागि विहान ११ देखि दिउँसो २ बजेसम्म बिजुली आपूर्ति बन्द हुने प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री