आइतबार, ९ कार्तिक २०७७

सन्राइज बैंकले F1 soft सँंग सहकार्य गरी ल्यायो चाडपर्व बिशेष योजना

समयपोष्ट २०७७ असोज ३० गते १९:००

Advertisement

सन्राइज बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियानलाई आत्मसाथ गर्दै चाडपर्वलाई लक्षित गरी नयाँ अफर ल्याएको छ ।

डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले F1soft संग सहकार्य गरी यस योजना ल्याएको हो । यस योजना अन्र्तगत सन्राइजले आफ्नो मोबाइल बैंकिङ्ग Sunrsie Smart App मार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने २० जना भाग्यसाली ग्राहकहरुलाई एक एक थान स्मार्ट फोन प्रदान गर्ने जनाएको छ ।

Advertisement

साथै नयाँ ग्राहकहरुलाई प्रोत्साहन गर्न पहिलो पटक मोबाइल टपअपमा १० प्रतिशत रकम वा अधिकतम रु. १०० क्यास ब्याक गर्ने व्यवस्था समेत गरेको छ । बैंकले आफ्नो १३ औँ वार्षिकोत्सवको उपलक्ष्यमाग्राहकहरुसँग खुशी बाड्न २०७७ कार्तिक १ गते देखि मंसिर ५ गते सम्मको लागी यो योजना ल्याएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री