बुधबार, १२ वैशाख २०८१

“स्याङयोङ्ग फेष्टिभ डिलाइट्” अफर : सवारी एक्सचेन्जमा २ लाखसम्म बोनस्

समयपोष्ट २०७७ असोज २७ गते १९:४२

Advertisement

नेपालको लागि स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको आइएमएस मोटर्सले दशैं तिहारको अवसरमा “स्याङयोङ्ग फेष्टिभ डिलाइट्” अफर ल्याएको छ ।

अफर अनुसार ग्राहकहरुले ३ लाखसम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै, ग्राहकहरुले आफ्ना पुराना सवारीसँग एक्सचेन्ज गरेको बापत २ लाखसम्म एक्सचेन्ज बोनस् पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

त्यसैगरी कम्पनीले कोभिड वारियर्सहरु (डाक्टरहरू, नर्सहरू, स्वास्थ्य सेवाकर्मीहरू र प्रहरीहरु) लाई थप १ लाख डिस्काउन्ट दिइने जनाएको छ ।

कम्पनीले अफर अन्तर्गत एक वर्ष निःशुल्क बीमा,सात बर्ष सजिलो फाइनान्स,तीन बर्ष वारेन्टि,तीन बर्षसम्म निःशुल्क मर्मत लागत,
२५,००० हजार बराबरको निःशुल्क एसेसरिज,निःशुल्क सर्भिसिङ्ग (रिफरल ग्राहकहरूको लागि २ बर्ष सम्म) प्राप्त गर्न सक्ने जनाएको छ ।

यस स्याङयोङ्ग फेष्टिभ डिलाइट् अफर २०७७ साल असोज २८ गते देखि कार्तिक २६ गते सम्ममात्र लागु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री