शनिबार, ८ वैशाख २०८१

आमिर खानकी छोरी ४ वर्षदेखि डिप्रेशनमा

समयपोष्ट २०७७ असोज २६ गते १५:२०

Advertisement

आमिर खानकी छोरी इरा खान विगत चार वर्षदेखि डिप्रेशनसँग जुधिरहेकी छिन् । इराले एक भिडियोमार्फत यस बारे जानकारी दिएकी हुन् ।

भिडियोमा इरा भन्छिन्, ‘हाय ! म डिप्रेस्ड छु । म चार वर्षदेखि डिप्रेशनमा छु । म डाक्टरकोमा पनि गएकी थिएँ । म क्लिनिकल्ली डिप्रेस्ड हुँ । तर अब म राम्रो महसुस गरिरहेकी छु र पछिल्लो एक वर्षदेखि मानसिक स्वास्थ्यको विषयमा केही गर्न चाहिरहेकी थिएँ । तर बुझ्न सकेकी थिइनँ कि के गरुँ ।’
‘त्यसैले मैले निश्चित गरेँ कि तपाईंलाई आफ्नो यात्रामा लिएर जाने । हेरौं अब के हुन्छ । आशा छ कि हामीले आफैंलाई राम्रोसँग चिन्न सक्नेछौं । मानसिक स्वास्थ्यलाई राम्रोसँग बुझ्न सक्नेछौं । आउनुहोस्, त्यहाँबाट सुरु गरौं जहाँबाट मैले सुरुवात गरेकी थिएँ । म के कुराले डिप्रेस्ड हुँ ? म डिप्रेस्ड हुने को हुँ ? मसँग त सबैकुरा छ नि, हैन ?’

भिडियोको क्याप्सनमा इराले लेखेकी छिन्, ‘धेरै कुरा चलिरहेको छ ? धेरै मानिसहरुले धेरै कुरा भनिरहेका छन् । कुराहरु साँच्चै नै भ्रामक र तनावपूर्ण र सजिलो छन् र ठिक छन्, तर ठिक छैन । जीवन सबैसँग छ ।’

२३ वर्षकी इराले गत वर्ष ‘युरिपाइड्स मेडिया’ नामको नाटकबाट थिएटरमा डेब्यू गरेकी थिइन् । उनले यो नाटकलाई निर्देशन गरेकी थिइन् । यसै शोमार्फत् वरुण धवनकी भतिजी अंजिनी धवनले नायिकाको रुपमा डेब्यू गरेकी थिइन् । इरा आमिरकी जेठी पत्नी रिना दत्तकी छोरी हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री