बिहीबार, १३ वैशाख २०८१

जिल्ला प्रमुखका १२० पत्नी, जताँ गयो त्यहि विवाह

समयपोष्ट २०७७ असोज २२ गते १९:२४

Advertisement

धेरै देशहरुमा कानुनी झन्झटले गर्दा केवल एक पुरुषले एक पत्नी मात्र राख्छन्, तर थाईल्यान्डका एक ५८ वर्षका व्यक्तिले १२० वटा विवाह गरेर दुनियाँलाई आश्चर्यचकित बनाएका छन् ।

थाइल्यान्डको नायोक प्रान्तमा बस्ने तम्बजले कुल एक सय २० जनालाई विवाह गरेका छन् । तन्कज नायोक प्रान्तको फ्रामनी जिल्लाका प्रमुख हुन् ।

थाइल्यान्डमा बहुविवाह प्रतिबन्धित छ । यति हुँदा पनि तम्बनले अबैध तरिकाले एक भन्दा धेरै विवाह गरेका हुन् । तम्बनले कुनै महिलासँग विवाह गर्नु अगडि नै आफ्ना श्रीमतीलाई विवाहको बारेमा कुरा गरेका हु्न्छन् ।

पत्नीलाई मात्र नभएर आफ्ना आमा बाबुलाई पनि पहिले नै जानकारी दिदै आएका छन् । सबैलाई जानकारी दिएपछि पुरै रिवाज र परम्पराको साथमा विवाह गर्ने गरेका छन् । तम्बनले भर्खर मात्र फोन नाम गरेकी महिलासँग विवाह गरेका छन् । फोनको उमेर २७ वर्षको भयो ।

तम्बनको पहिलो विवाह १७ वर्षको उमेरमा भएको थियो । पहिलो पत्नीबाट उनको तीन बच्चा पनि छन् । तम्बनले धेरै विवाह गर्नुको कारण आफ्नो कन्ट्रक्शन बिजनेस शुरु गरेपछि धेरै महिलासँग भेटेको बताएका छन् ।

भेटेका मध्येमा धेरै जवान र सुन्दर महिलाहरुसँग विवाह गर्थे । उनको जताँ कन्ट्रक्सन साइट हुन्थ्यो त्यहि एउटा विवाह गर्थे । उनलाई धेरै पत्नी हुँदा पनि कुनै गाह्रो नभएको जानकारी दिएका छन् ।

वर्तमान समयमा एक सय २० पत्नी र २८ जना बच्चाहरु छन् । तम्बनले आफ्नो परिवारको सबै आवश्यकता पुरा गरीरहेको बताएका छन् । धेरै पत्नीलाई त छुट्टै घर बनाएर पनि राखेका छन् । तर आज सम्म कुनै पनि पत्नीले उनले गरेका पछिल्ला विवाहलाई विरोध गरेका छैनन् । उनको विरुद्धमा प्रहरीकोमा कुनै पत्नीले उजुरी पनि दिएका छैनन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री