शुक्रबार, १६ चैत २०८०

‘हल्ट प्राईज’ अव नामी कलेजमा

समयपोष्ट २०७७ असोज १९ गते २०:००

Advertisement

अनुषा चालिसे

वार्षिक रूपमा हल्ट इन्टरनेसनल विजनेश स्कूल र संयुक्त राष्ट्रसंघद्वारा संयुक्त रुपमा आयोजना हुने विश्व प्रख्यात ‘हल्ट प्राईज’  प्रतियोगिता नेपालमा सन् २०१६ देखि संचालनमा आएको हो । सन् २०१० मा अहमद असिरद्वारा संचालित यस प्रतिस्पर्धा विद्यालयहरुको ‘नोबेल प्राईज’को नामले प्रख्यात छ । सन् २०२० र २१ सम्म आईपुग्दा यो प्रतियोगिता विश्वका १२१ देशका २००० भन्दा बढी कलेज तर्था विश्वविद्यालयहरुमा आयोजना हुन् गैरहेको छ ।

’हल्ट प्राईज’ व्यवसायको माध्यमबाट विश्वव्यापी रूपमा रहेका सामाजिक समस्पाको समाधान गर्ने लक्ष्यका साथ सुरु गरिएको एक उत्कृष्ट आयोजना हो। प्रत्येक वर्ष ’दिगो विकास’ सम्बन्धित एक विषयमा केन्द्रित रहेर घोषणा हुने यस प्रतियोगिताको यस वर्षको विषय ’फूड फर गुड’ रहेको छ ।

यस प्रतियोगितामा भाग लिएका प्रत्येक संस्थाका प्रतिस्पर्धीहरुले तोकिएको विषयमा स्वतन्त् व्यवसापिक पोजना तपार पार्नुपर्ने हुन्छ । मुख्य प्रतिस्पर्धा पुर्व हरेक संस्थामा आन्तरिक ’अन क्याम्पस’ प्रतियोगिता संचालन गर्नुपर्ने हुन्छ । संस्था भित्रका सहभागी टिमहरुको आन्तरिक मुल्यांकन पछि विजयी टिम रिजनल प्रतियोगिताको लागि योग्य मानिन्छ । मुख्य प्रतिस्पर्धा भने रिजनल पछि संचालन हुने एक्सेलेरेटर प्रतियोगिताका विजयीहरुको बिचमा हुन्छ । उक्त सामाजिक विषयमा केन्द्रित व्यवसायिक योजना कार्यन्वयनको प्रयोजनको रुपमा विजयी टिमले रू १ मिलियन अमेरिकी डलर पाउने हुन्छ ।

यस वर्ष नेपालको लगभग सबै विश्वविद्यालयमा हल्ट प्रतिस्पर्धा संगठित हुन गईरहेको छ । जोरपाटी अवस्थित नामी कलेजमा भने यो प्रतियोगिता पहिलो पटक हुन गईरहेको छ । विश्वब्यापी फैलिएको महामारीले निम्त्याएको पस विषम परिस्तिथिका कारण यो वर्ष यो प्रतिस्पर्धा अनलाईन नै हुने भएको छ । क्याम्पस प्रतिनिधि अनिशा चापागाईंको नेतृत्वमा १३ जनाको आयोजक समिति यस प्रतियोगिताको लागि तयार पारिएको छ ।

बि बि ए. वातावरण विज्ञान र आईटी विषयको अध्ययन हुने यस कलेजका विद्यार्थीहरु यस हल्ट प्रतिस्पर्धाका लागि निकै उत्खुक उत्सुक देखिन्छन् । खाद्य संकट मानव अस्तित्वमा नै असर पार्न सक्ने विश्वका गम्भीर समस्या मध्ये प्रमुख समस्या ठुवापसतामा यस समस्या समाधानको भावना विकास गर्नु अत्यावश्यक छ ।

यसरी विश्वमा रहेका मुख्य समस्याहरुको चालिएको उत्कृष्ट कदममा सहभागी हुन पाउनु र आफ्नो सोच र सिर्जनशीलताको प्रदर्शन गर्न पाउनु आफैमा विद्यार्थीहरुको लागि सुनौलो मौका हो । साधै विश्वव्यापी स्तरको प्रतियोगितामा सहभागी भएर अनुभव बटुल्न, व्यक्तित्व विकास गर्न, आफ्नो संसारसामु पेश गर्नको लागि यो उत्कृष्ट अवसर पनि हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री