बुधबार, १९ फागुन २०७७

सडक निर्माण भएको २० वर्ष बितिसक्दा पनि खोलामा पुल बनेन ,जोखिम मोलेर यात्रा गर्न स्थानीय बाध्य

समयपोष्ट २०७४ कार्तिक १० गते ५:२२

पाल्पा सदरमुकाम तानसेनदेखि जिल्लाको पूर्वी दक्षिण क्षेत्रका गाउँ जोड्ने सडकखण्डअन्तर्गत तिनाउ खोलामा पुल निर्माण नहुँदा स्थानीयले निकै सास्ती खेप्नुपरेको छ ।

Advertisement

तानसेनदेखि कसेनी, रुप्से, झडेवा, गोठादी, रहबास, बहादुरपुर हुँदै छिमेकी जिल्ला रुपन्देही, नवलपरासी जोड्ने सडकखण्डमा पर्ने तिनाउ खोलामाथि मोटर चल्ने पुल नहुँदा यहाँका हजारौं स्थानीय मारमा परिरहेका छन् ।

यहाँ सडक निर्माण भएको २० वर्ष बितिसक्यो तर अहिलेसम्म खोलामा पुल बन्न सकिरहेको छैन । वर्षायामका बेला मात्र नभई सामान्य वर्षा हुँदा खोला वारपार गर्न स्थानीयलाई निकै कष्ट भएको सुरेशकुमार भट्टराई बताउँछन् । जोखिम मोलैरै भए पनि यस क्षेत्रका स्थानीयले खोला वारपार गर्नुपर्ने बाध्यता अहिलेसम्म कायमै छ ।

Advertisement

जिविसको स्वामित्वमा रहेको यस सडकमा मोटरेवल पुल निर्माणका लागि पटकपटक नापनक्सा भएपनि हालसम्म निर्माण कार्य शुरु नहुँदा खोलामा सामान्य पानीको बहाव बढ्दा सवारीसाधन आवतजावत गर्न कठिन हुने सवारी चालक बताउँछन् ।

यहाँ अन्य सडक नभएका कारण दैनिक कामकाजदेखि लिएर अन्य विशेष काम, औषधि उपचार गर्नसमेत आवतजावत गर्न समस्या पर्ने गरेको छ । दैनिकजसो यही सडक भएर ५० भन्दाबढी सवारीसाधन गुड्ने गर्छन् ।

केही समयअघि रुप्सेबाट तानसेनतर्फ आउँदै गरेको जिप खोलाले बगाउँदा जिपमा सवार चारैजनाले अकालमै ज्यान गुमाउनुपरेको थियो । खोलामा पुल नभएकै कारण वर्षेनी यात्रुले अकालमा ज्यान गुमाउँदै आएका छन् ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री