शुक्रबार, १६ चैत २०८०

नयाँ शक्ति पार्टी वाम लोकतान्त्रिक शक्ति भएकाले कांग्रेससँग चुनावी तालमेल भयो : डा. भट्टराई

समयपोष्ट २०७४ कार्तिक ६ गते ८:५३

 नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी वाम लोकतान्त्रिक शक्ति भएकाले कांग्रेससँग चुनावी तालमेल गरेको बताएका छन् ।  सोमबार गोरखामा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले भने, ‘हाम्रो पार्टीको वाम लोकतान्त्रिक नीति हो, त्यसैले वाम र लोकतान्त्रिक जो कोहीसँग पनि एकता हुन सक्छ,’

Advertisement

सम्मेलनमा उनले गोरखाबाट सुरुवात भएको गठवन्धनको नयाँ प्रयोग देशभर उदाहरण बन्न सक्ने दाबी समेत गरे । 

गोरखा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका भट्टराईले एमाले र माओवादी केन्द्रले बैचारिक रुपान्तरणभन्दा पनि सत्ताको लोभ गरेकाले आफू गठवन्धनबाट बाहिरिएको आरोप लगाउँदै भने,‘एमाले, माओवादी सबै रुपान्तरित हुने भनेर गठवन्धन गर्‍यौं, तर उहाँहरुले चुनावी दाउपेच र सत्ताको लोभ मात्र गर्नुभयो त्यसैले हामी गठवन्धनबाट बाहिरिएका हौं ।’ 

प्रतिक्रिया

सम्बन्धित सामाग्री