मंगलबार, ११ वैशाख २०८१

नेपाल ग्रामीण विकास बैंकको एफपिओ गोलाप्रथाबाट बाँडफाँड

समयपोष्ट २०७४ असोज ३१ गते ६:४५

नेपाल ग्रामीण विकास बैंकको एफपिओ मंगलबार बाँडफाँड भएको छ । एफपिओमा दुई लाख ५० हजार ५२४ जनाले आवेदन दिएका थिए । जसमध्ये  ३ हजार ७९१ जनाको भने आवेदन रद्द भएको छ भने ९७ हजार ५ सय जनालाई गोलाप्रथाबाट १० कित्ता सेयर बाँडफाँड गरिएको विक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । 

Advertisement

गत भदौ २७ देखि भदौ ३० गतेसम्म ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता एफपीओ बिक्री खुला गरेको एफपीओमा कुल दुई अर्ब ७३ करोड २२ लाख ८ सय रुपैयाँ बराबरको आवेदन परेको क्यापिटलले जनाएको छ । एफपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ४ हजार ८ सय ७० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था थियो ।

एफपीओ बिक्रीपछि बैंकको चुक्ता पुँजी ६५ करोड ५० लाख रुपैयाँ पुगेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री