शुक्रबार, १६ चैत २०८०

एनआरएनए नेतृत्वका लागि भवन र जमुना मैदानमा,कार्की पछि हटे

समयपोष्ट २०७४ असोज ३० गते ७:०८

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वको लागि हुन लागेका चुनावमा अध्यक्षका दाबेदार टीबी कार्कीले उम्मेदवारी फिर्ता लिएका छन् । कार्कीको उम्मेदवारी फिर्तासँगै नयाँ नेतृत्वको लागि भवन भट्ट र जमुना गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ ।  एनआरएनको अध्यक्षका लागि आइतबार नै भट्टले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए भने जमुनाले आज बिहान उम्मेदवारी दर्ता गराएकी थिइन् । 

Advertisement

एक जना चुनिने महिला उपाध्यक्षमा दुई, महासचिवमा तीन एवं दुई जना चुनिने सचिव पदमा छ जनाको उम्मेद्वारी परेको संघको निर्वाचन समितिले जनाएको छ। एनआरएनमा अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष र सदस्यहरु रहने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री