शुक्रबार, ७ वैशाख २०८१

मेगा बैंकको हकप्रदमा आवेदन दिने समय थपियो,अन्तिम मिति कहिले ?

समयपोष्ट २०७४ असोज ३० गते ५:०३

मेगा बैंकले हकप्रदमा आवेदन दिने समय थप गरेको छ । यसअघि हकप्रदमा आवेदन दिने अन्तिम मिति असोज ३० सम्म थियो । बैंकले आवेदन मिति थप गरेर हकप्रदमा कात्तिक १४ गतेसम्म आवेदन दिने मिल्ने जनाएको छ । बैंकले भदौ २७ देखि १० बराबर ६.५ अनुपात अर्थात ६५ प्रतिशत हकप्रद बिक्री खुल्ला गरेको थियो । २०७३ माघ ६ गतेसम्म कायम बैंकका शेयरधनीले सो हकप्रदमा आवेदन दिन सक्नेछन् । 
बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । शेयरधनीहरुले विक्री प्रबन्धकका साथै मेगा बैङ्कका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री