शुक्रबार, १६ चैत २०८०

फिल्मी शैलीमा चिट चोरी: चार परीक्षार्थीसहित १४ जना पक्राउ

समयपोष्ट २०७४ असोज २९ गते २:२१

राजीवकुमार सिंह चिकित्सकशास्त्र अध्ययन संस्थानले लिएको एमबिबिएसको प्रवेश परीक्षा गज्जव भएकोमा दंग थिए । जोरपाटीमा रहेको नामी कलेजमा उनको परीक्षा केन्द्र तोकिएको थियो । 

Advertisement

शनिबार बिहान ८ बजे देखि १० बजेसम्म चलेको परीक्षा सकाएर घर फर्कदै गरेका उनले परिवारसंग खुसी बाँड्न भने पाएनन् ।  उनी तीनकुनेबाट सीधै टुकमा रहेको महानगरीय प्रहरी अपराध महाशाखाको कार्यालय पुर्याईए । 

बौद्धको अरुणीमा माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएका शिखा झा र राहुल झाको अवस्था पनि सिहंकै झै भयो ।  यी सबै पक्राउ पर्नुको कारण बडो फिल्मी छ । १४ बर्षअगाडी भारतमा डाक्टर बन्न लालायित एक डुन्डामा आधारित फिल्म बनेको थियो मुन्नाभाई एमबिबिएस ।

निर्देशक राजकुमार हिरानीले बनाएको उक्त हास्य फिल्म बाबुको डाक्टर बन्ने सपना पुरा गर्न आपराधिक गतिविधमा लागको एक ब्यक्ति मुन्नाभाई ले अपनाएको उपायमा आधारित छ । त्यस्तै शनिवार पक्राउमा परेको सबले भुन्नाभाई फिल्मको शैलीमा चिट चोर्ने चोराउने गरेका थिए । ,नागरिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री