बेरोजगार हुनुहन्छ ?, नेपाल मै हवाइजहाजसम्बन्धी यस्तो बिषय पढनुहोस
नर्दन लाइट एकेडेमी अफ एभिएशन एण्ड टेक्नोलोजी (नाट) कलेजले हवाइजहाजसम्बन्धी प्राविधिक पाठ्यक्रम सञ्चालन गरेको छ ।
कलेजले नेपालमै पहिलो पटक अन्तरराष्ट्रियस्तरको मान्यताप्राप्त विमानसम्बन्धी प्राविधिक विषय अध्ययनअध्यापन गर्न थालेको हो । बेलायतको सिटी एण्ड गिल्डस प्राविधिक शिक्षालयको सम्बन्धनमा कलेजले जहाजभित्रको व्यवस्थापक (एयर क्याबिन क्य्रु) र विमानस्थल व्यवस्थापक ९एयरपोर्ट ग्राउण्ड ह्याण्डलिङ० सम्बन्धी अध्ययन सञ्चालन गरेको कलेजका प्रबन्ध निर्देशक राकेश सञ्जेलले बताए।
अन्यले तालीम केन्द्रका रुपमा प्रयोगात्मक गराए पनि कलेजले भने छ महिनाको कक्षा नै सञ्चालन गरेर उक्त प्राविधिक विषय पढाउन थालेको जिकिर उनले गरे । “कक्षासहित तालीम दिएर हामीले उक्त कोर्ष पढाउन थालेका हौँ”, उनले भने “पढेपछि विद्यार्थीले बेरोजगार बस्नुपर्दैन ।” विदेशमा यही पाठ्यक्रममा रु पाँच लाखसम्म खर्च लागे पनि कलेजले करिब रु एक लाख ६० हजारमा विद्यार्थीलाई पढाउने गर्छ ।
दश जोड दुई सकेर पढ्न सकिने उक्त अध्ययन गरिसकेपछि विद्यार्थीले हवाइजहाज चल्दा भित्री र विमानस्थलको बाहिरी व्यवस्थापन गर्ने छन् । नेपालमा हवाइजहाजसम्बन्धी परिचालिकाको मात्र तालीम हुने भएकाले यो पाठ्यक्रम नयाँ रहेको छ । रासस
प्रतिक्रिया