मंगलबार, ११ वैशाख २०८१

आजबाट म्यादी प्रहरीमा जागिर खुल्यो , राजनीतिक दलमा आवद्ध भएकाले आवेदन दिन नपाउने

समयपोष्ट २०७४ असोज २४ गते ४:५९

सरकारले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि म्यादी प्रहरीको भर्ना खुल्ला गरेको छ । मंगलबार प्रहरी प्रधान कार्यालद्धारा जारी गरिएको सुचनामा ९८ हजार २ सय ६८ म्यादी प्रहरीको भर्ना  आह्वान गरिएको जनाईएको छ । 

Advertisement

इच्छुक उम्मेदवारले  ७५ वटै जिल्लाका प्रहरी कार्यालयबाट आजै देखि दरखास्त दिन सक्ने छन् ।  काठमाडौं उपत्यकाको हकमा भने प्रहरी परिसरबाट आवेदन दिन सकिनेछ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको साधारण लेखपढ गर्न जान्ने नेपाली नागरिकले म्यादी प्रहरीको लागि दरखास्त दिन सक्नेछन् ।  तर आवेदक कुनै पनि राजनीतिक दलमा आवद्ध भएको भने हुनुहुँदैन ।उम्मेदवार नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुर ठहर नभएको र शारीरिक तथा मानसिक रुपले तन्दुरुस्त भएको हुनुपर्नेछ । म्यादी प्रहरीको छनौट कात्तिक ५ गतेदेखि ८ गतेसम्म सकिसक्ने प्रहरी प्रधान कार्यालयको कार्यतालिकामा उल्लेख गरिएको छ ।

म्यादी प्रहरीले नेपाली प्रहरी जवान सरह ५५ दिनको पारिश्रमिक, राशन र स्थानीय भत्ता पाउनेछन् ।  आवेदकले असोज ३० गतेसम्म आवेदन बुझाईसक्नुपर्नेछ ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री