बुधबार, ५ वैशाख २०८१

शेयर बजारमा पहिरो जाने क्रम रोकिएन, नेप्से परिसूचक ८.१२ अंकले घटेर १५०१.८९ अंकमा

समयपोष्ट २०७४ असोज २३ गते १०:०७

गत साताको मंगलबारदेखि घट्न थालेको शेयर बजारमा सोमबार पनि सुधार आउन सकेन । सोमबार बजार ८.१२ अंकले घटेर १५०१.८९ अंकमा ओर्लिएको छ। '

Advertisement

क' बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.५३ अंकको गिरावट सँगै ३१५.४३ अंकमा झरेको छ। कारोबार मापक सूचकसँगै कारोबार रकममा समेत संकुचन आएको छ। आइतबारको तुलनामा १० करोड रुपैयाँ घटेर सोमबार कारोबार रकम ३१ करोड रुपैयाँमा समेटियो।  सोमबार १५२ कम्पनीका ६ लाख ४३ हजार कित्ता शेयर ३१ करोड रुपैयाँमा खरीद बिक्री भयो।सोमबार सबैभन्दा बढी नेपाल बैंकको दुई करोड रुपैयाँको शेयर खरीद बिक्री भयो। 

कारोबारमा आएका अन्य बाहेक सबै समूहमा गिरावट देखिएको छ। बैंक ९, ट्रेडिङ ३.०४, होटल १.६, विकास बैंक १२.६३, जलबिद्युत ६.२९, फाइनान्स ८.१४, बीमा ४७.२७ अंकले घटेको छ। अन्य समूह ४.२९ अंकले बढेको छ।सोमबार सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंकका शेयरधनीले करिब ६ प्रतिशत गुमाएका छन्। लक्ष्मी भ्यालु फन्ड १ ले चार प्रतिशत कमाएको छ।          

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री