बिहीबार, ६ वैशाख २०८१

हल्लै हल्लाको भरमा शेयर बजारमा पहिरो, नेप्से परिसूचक ३२.६४ अंकले घटेर १५१०.०१ अंकमा

समयपोष्ट २०७४ असोज २२ गते ११:१२

आइतबार सेयरबजार ३२.६४ अंकले घटेर १५१०.०१ अंकमा झरेको छ ।  बजार खुल्नासाथ ओरालो लागेको नेप्से ५० अंक बढीले घटेर १४९२ अंकसम्म झरेको थियो । तर कारोबार समयको अन्तिम एकघण्टाको अवधिमा सुधार हुँदै नेप्सेको गिरावट ३२ अंकमा झरको हो । 

Advertisement

यसदिन नेप्सेमा १५२ कम्पनीको ४१ करोड ४९ लाख बराबरको कारोबार भएको छ । कारोबार रकम गत विहीबारको तुलनामा १३ करोड बढी हो । गत विहीबार २८ करोड बढीको कारोबार भएको थियो । समग्र बजार पूँजीकरण पनि घटेर १७ खर्ब ५२ अर्ब कायम भएको छ । कारोबारमा आएका सबै समूहका सूचक घटेपछि बजार ओरालो लागेको हो । यसदिन बीमा र वाणिज्य बैंक समूहमा उच्च गिरावट देखिएको छ । वीमा समूह १९३ अंकले ओरालो लागेको छ भने वाणिज्य बैंक समूह २८ अंकले झरेको छ ।

आइतबारको बजारमा १५२ कम्पनीको कारोबार भएकोमा ११ कम्पनीको मात्र सेयरमूल्य बढेको छ । यसदिन सबैभन्दा धेरै महुली लघुवित्तको सेयरमूल्य तीन प्रतिशत बढेको छ भने आरएमडिसी लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै झण्डै दश प्रतिशतले घटेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री