बुधबार, १२ वैशाख २०८१

चिलिमे हाईड्रोपावर कम्पनीद्धारा सेयरधनीलाई २५ प्रतिशत लाभांश प्रस्ताव

समयपोष्ट २०७४ असोज २२ गते ११:०३

चिलिमे हाईड्रोपावर कम्पनीले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले अघिल्लाे आर्थिक बर्षमा १० प्रतिशत बोनस र १० प्रतिशत नै नगद गरि २० प्रतिशत लाभांश वितरण गरेकोमा अहिले पाँच प्रतिशतले बोनस वृद्धि गरेको हो ।

Advertisement

हाईड्रोपावर कम्पनीको असोज २१ गते शनिबार सम्पन्न ३३७ औं सञ्चालक समिति बैकले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर तथा १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीकाे साधारण सभाबाट पारित भएपछि सेयरधनीलार्इ वितरण हुनेछ ।

तीन अर्ब ४४ करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको चिलिमेको १५ प्रतिशत बोनस वितरणपछि तीन अर्ब ९६ करोड ५१ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । कम्पनीले गत आवमा ९६ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २८ रुपैयाँ ०३ पैसा कायम गरेको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री