बुधबार, १२ वैशाख २०८१

काबेलीको हकप्रदमा आवेदन गर्ने म्याद थपियो

समयपोष्ट २०७४ असोज २२ गते ५:३३

काबेली विकास बैंकले बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन गर्ने म्याद थप गरेको छ । बैंकले आवेदन गर्ने म्याद कात्तिक १५ गतेसम्म थप गरेको हो । बैंकको हकप्रदमा  यसअघि असोज २१ गतेसम्म आवेदन गर्न पाइने जनाएको थियो । बैंकले गत भदौ १८ गतेदेखि २ः१ अनुपातमा एक सय रुपैयाँ अंकित दरको तीन लाख ५० हजार ८८० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । 

Advertisement

बैंकको सेयर विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । हकप्रदमा साउन १८ गतेसम्म कायम सेयरधनीले बिक्री प्रबन्धकको कार्यालय जमल तथा काबेली विकास बैंकको रजिष्टर्ड कार्यालय धनकुटा, शाखा कार्यालयहरु हिले, बुधबारे, राजारानी र सिधुवाबाट आवेदन दिन सक्नेछन् ।

त्यस्तै ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरु वीरगञ्ज, इटहरी, जनकपुर, नारायणघाट, पोखरा, नेपालगञ्ज र बुटवल शाखाबाट समेत कात्तिक १५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री