बुधबार, १२ वैशाख २०८१

छानबिन टुंगोमा नपुग्दै विवादास्पद पूर्व डिआईजी सिलवाल एमालेमा प्रवेश, दिए यस्तो बयान

समयपोष्ट २०७४ असोज २० गते ११:११

विवादास्पद पूर्व डिआईजी नवराज सिलवाल  औपचारिक रुपमै एमालेमा प्रवेश गरेका छन् । राजधानीको बुद्धनगरमा आयोजित एक कार्यक्रममार्फत उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । 

Advertisement

पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले आफूमाथि राजनीतिले हस्तक्षेप गरेका कारण राजनीतिमा आउनु परेको बयान दिए । ‘राजनीतिलाई तपाईले हस्तक्षेप गर्न सक्नु भएन भने तपाईलाई राजनीतिले हस्तक्षेप गर्छ ।’ लेनिनको भनाई उदृत गर्दै उनले भने  ‘परिस्थितिले राजनीति अंगाल्न बाध्य बनायो । म मेरो अस्तित्व जोगाउन राजनीतिमा आएको हुँ ।’

गत  भदौ २७ गते सर्वोच्च अदालतले सिलवालले आफू प्रहरीको आइजी हुनुपर्ने माग गर्दै दायर गरेको रिट निवेदन खारेज गरिदिएसँगै  डिआईजी पदबाट राजीनामा दिएका थिए ।   सिलवालले आफू आइजीपी हुन योग्य रहेको भन्दै सर्वोच्चमा निवेदन दिएको भएपनि कार्यसम्पादन मूल्यांकन (कासमू) किर्ते गरेको अभियोगमा तानिएका थिए ।  

सर्वोच्चले सरकारले प्रकाश अर्याललाई आइजीपी बनाउने निर्णय सदर गरेसँगै उनीमाथि लागेको  किर्ते आरोपबारे पनि छानबिन हुनुपर्ने आवाज उठ्दै आएको थियो । तर, छानबिन टुंगोमा नपुग्दै उनी एमाले प्रवेश गर्न पुगेका हुन् ।


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री