शुक्रबार, ७ वैशाख २०८१

पुँजी बजारमा लगानी गर्नुपूर्व यी कुरामा ध्यान दिनुस्

समयपोष्ट २०७४ असोज २० गते ५:१४

पछिल्लो समय पुँजी बजारमा लगानी गर्नेहरुको संख्या ह्वात्तै बढेको छ । कोही बुझेर लागेका छन् भने कोही लहैलहैमा पनि लागेका छन् । यदि तपाई पनि यो क्षेत्रमा प्रवेश गर्दै हुनुहुन्छ भने केही बुझेर प्रवेश गर्न राम्रो हुन्छ । पुँजी बजारमा लगानी गर्दै हुनुहुन्छ भने कारोबारका शिलशिलामा अत्यन्तै काम लाग्ने र प्रयोगमा आईरहने यो शब्दावलीको राम्रो अध्ययन गर्न राम्रो हुन्छ । पुँजी बजारमा कारोबारको शिलशिलामा बारम्बार  यी शब्दबारे प्रष्ट हुनुभयो भने तपाईलाई अलमल हुनेछैन । यसको ज्ञानले तपाईको आत्मबल मात्र बढाउदैन कारोबार गर्दा परनिर्भर पनि हुनुपर्दैन । हेर्नुहोस् यि शब्दावलीहरुको संक्षिप्त परिचय । 
 

Advertisement

बजार पुँजीकरण (मार्केट क्यापिटलाईजेसन)
धितोपत्र विनियम बजारमा सूचीकृत सम्पुर्ण धितोपत्रहरुको बजार मुल्यको कुल जोडलाई बजार पुँजीकरण भनिन्छ । बजारमा सुचीकृत धितोपत्रहरुको संख्या र तिनका आ आफ्नो बजार मूल्य गुणन गरी जोड्दा बजार पुँजीकरण प्राप्त हुन्छ । 
 

बजार परिसूचक (मार्केट इन्डेक्स)
सूचीकृत धितोपत्रहरुको आजको कूल बजार मूल्य र कुनै आधार बर्षको कूल बजार मूल्य बीचको अनुपातनै बजार परिसूचक हो । सूचीकृत धितोपत्रहरुको मूल्य बढेमा यो परिसूचक बढ्दछ । भने घटेमा घट्दछ । नेपालमा नेपाल धितोपत्र विनिमय बजार लि ले प्रत्येक दिन यस प्रकारको परिसूचक तयार गर्दछ जसलाई नेप्से इन्डेक्स भनिन्छ । 
प्रतिसेयर बजार मूल्य मार्केट प्राइस परसेयर
कुनै सेयरको धितोपत्र बजारमा कायम भएको मुल्यलाई प्रतिसेयर बजार मुल्य भनिन्छ । 

प्रतिसेयर आम्दानी (अर्निङ परसेयर)
कम्पनीले आर्जन गरेको खुद नाफालाई कम्पनीको कुल सेयर संख्याले भाग गर्दा प्रतिसेयर आम्दानी प्राप्त हुन्छ । प्रतिसेयर आम्दानीले सेयरवालाहर तथा कम्पनी भन्दा बाहिरका ब्यक्तिहरुका लागि नाफाको महत्वपुर्ण माप ९मेजर० प्रदान गर्दछ । प्रति सेयर आम्दानी बढ्दै गउको कम्पनीलाई कार्य सम्पादनमा सफल कम्पनी मानिन्छ भने प्रतिसेयर आम्दानी घट्दै गएमा समस्याको लक्षण मानिन्छ । 
 

नेट वर्थ 
कम्पनीको चुक्ता पुँजी र सम्पुर्ण जगेडाहरुको कुल जोडनै कम्पनीको नेट वर्थ हो । नेट वर्थलाई कम्पनीको कुल सेयर संख्याले भाग गरेमा कम्पनीको प्रतिसेयर नेट वर्थ वा सेयरको किताबी मूल्य प्राप्त हुन्छ । 

मुल्य संवेदनशील सूचना (प्राइस सेन्सेटिभ इन्फरमेसन)
कम्पनीद्धारा गरिएको लाभांश वितरण वा बोनश सेयर निश्कासन सम्बन्धी घोषणा,ब्यवस्थापन,परिवर्तन,विस्तार योजना,वित्तीय परिमाणहरु अन्य पक्षहरसंग हुने महतवपुर्ण सम्झौताहरु तथा धितोपत्रको मूल्यमा प्रत्यक्ष असर पुर्याउने घट्ना तथा अन्य सुचना र जानकारीहरुलाई मूल्य संवेदनशील सूचना भनिन्छ । 
 

भित्री कारोबार (इन्साइडर ट्रेडिंग)
नियमानुसार कम्पनीका लगानीकर्ताहरु समक्ष सार्वजनिक गराउनुपर्ने तर सार्वजनिक भैनसकेका कम्पनीको सूचनाहरुको आधारमा कम्पनसिंग प्रत्यक्ष सम्बन्धित ब्यक्ति वा निजको नजिकको ब्यक्तिले धितोपत्र कारोबार गरेमा यस प्रकारको कारोबारलाई धितोपत्र भित्री कारोबार भनिन्छ । यसप्रकारको कारोबार गर्न प्रचलित ब्यवस्थाले बन्देज लगाएको छ । 

अधोन्मुख र उन्नतोन्मुख धितोपत्र बजार (बियर मार्केट एण्ड बुल मार्केट)
धितोपत्रको उन्नतोन्मुख बजार बुल मार्केट भन्नाले बजारको क्रमिक रुपमा उभो लाग्दै गरेको स्थितीलाई जनाउँछ । यस प्रकारको बजारमा उद्योग,बैंकिंग,बीमालगायत अर्थतन्त्रका हरेक क्षेत्रको सुधार संगसंगै कम्पनीमा कुशल ब्यवस्थापनका कारण नाफामा क्रमश बृद्धि भएको हुन्छ । यसबेला सूचीकृत कम्पनीहरुको सेयरको मूल्य बढी रहेको हुन्छ । अर्कोतर्फ धितोपत्रको अधोन्मुख बजार बियर मार्केट भन्नाले बजारको गिर्दो अवस्थालाई जनाउँछ । यस स्थितीमा सूचीकृत धितोपत्रहरुको बजार मूल्य र बजार परीसूचक मार्केट इन्डेक्स घट्दो प्रबृत्तिमा रहेको हुन्छ र लगानीकर्ताहरुमा निराशाको वातावरण रहन्छ । 

सञ्चालक र सञ्चालक समिती (डाईरेक्टर्स एण्ड बोर्ड अफ डाइरेक्टर्स)
कुनै पनि कम्पनीको सम्पुर्ण कारोबारको प्रबन्ध,अधिकारको प्रयोग तथा कर्तब्यको पालना गर्ने जिम्मेवारी बोकेका ब्यक्तिहरुनै कम्पनीका सञ्चालक हुन् । कम्पनीका सञ्चालकहरुको नियुक्ति प्रथम बार्षिक साधारण सभा नभएसम्म संस्थापकहरुद्धारा र तत्पश्चात् साधारणसभाद्धाराहुने गर्दछ । कुनै पनि कम्पनकिो सञ्चालक हुनका लागि सो कम्पनकिो नियमावलीमा तोकिए बमोजिमको सेयर लिएको हुनु पर्दछ । 

बार्षिक साधारण सभा एनुअल जनरल मिटिङ
कम्पनीले बर्षभरीमा गरेको काम कारवाही,उपलब्धि,समस्या तथा भावी योजनाहरुको सम्बन्धमा सेयरवालाहरुलाइृ जानकारी गराउनुका साथै कम्पनीको बार्षिक हिसाब पारित गर्ने ,लेखा परिक्षकको नियुक्ती गर्ने र अन्य महत्वपुर्ण विषयवस्तुहरु अनुमोदन गर्ने सम्बन्धमा नियमानुसार कम्पनीद्धारा प्रत्येक बर्ष बोलाउनुपर्ने सेयरधनीहरुको सभालाई बार्षिक साधारण सभा भनिन्छ । नेपलामा प्रचलित नियमअनुसार प्रत्येक आर्थिक बर्ष समाप्त भउको ६ महिनाभित्र यस प्रकारको सभा बोलाउनुपर्ने ब्यवस्था रहेको छ । 

प्रतिनिधि प्रोक्सी
कम्पनीको बार्षिक साधारण सभामा कुनै सेयरवाला स्वयं उपस्थित हुन नसक्ने भएमा निजले तोकिए बमोजिमको ढाँचामा  निवेदन देखी सहीछाप गरेर आफ्नो मतदान गर्ने अधिकार दिएको अन्य कुनै ब्यक्तिलाई प्रतिनिधी भनिन्छ । कुनै पनि कम्पनीको सेयरवालाले सोही कम्पनीको अर्को सेयरवालालाई मात्र यसप्रकारको प्रतिनिधि मनोनित गर्नसक्छ । श्रोत :सेबोन


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री