शुक्रबार, १६ चैत २०८०

बाम गठबन्धनलाई सेयर बजारले गर्यो लालसलाम

समयपोष्ट २०७४ असोज १८ गते ९:४८

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच चुनावी तालमेल र एकता प्रक्रियामा जाने सम्झौता भएको दोस्रो दिन आज शेयर बजारमा दोहोरो अंककोे गिरावट आएको छ । राजनितिमा आउने फेरबदलसंगै सेयर बजारमा पनि उचार चढाव आउने गर्दछ । आज नेप्से परिसुचक १३.७ अंकले घटेर १५४२.६५ अंकमा ओर्लिएको छ । 
आज कारोबार रकममा पनि खासै उत्साह देखिएको छैन । तर, अघिल्लो दिनको तुलनामा कारोबार रकम भने झण्डै दोब्बर मात्रामा बढेको छ । अघिल्लो दिन १४ करोड रुपैंयाको सेयर कारोबार भएकोमा बुधबार झण्डै २८ करोड रुपैंयाको सेयर किनबेच भएको हो ।
 आज १४४ कम्पनीका छ लाख ६० हजार ४३ कित्ता सेयर दुई हजार पाँच सय १९ पटक किनबेच भएका छन् । होटल, उत्पादन र अन्य उपसमुह उकालो लाग्दा बाँकी सबै उपसमुहमा गिरावट आएको छ । आज होटल ,उत्पादनमुलक र अन्य समुह उपसुचक २८.२१, ९.१४  र  ६.३६ अंकले बढेका छन् ।  बीमा समुहमा सबैभन्दा धेरै अर्थात ३५.२३ अंकको गिरावट आएको छ । यस्तै बाणिज्य बैंक १७.४७, बिकास बैंक २२.८, जलबिद्युत २७.५७,फाइनान्स २.९६ अंकले ओरालो लागेका छन । 
आज सबैभन्दा बढी नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सेयर किनबेच भयो । धेरै सेयर मूल्य घट्नेमा नेरुडे लघुवित्त सहित एक वाणिज्य बैंक र साना तथा मझौला कम्पनी रहेका छन् ।

Advertisement


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री