शनिबार, ८ वैशाख २०८१

कसरी सम्भव भयो एउटै कम्युनिस्ट पार्टी बनाउने सहमति ?

समयपोष्ट २०७४ असोज १८ गते ३:१०

ठूला दुई वामपन्थी दल र नयाँ शक्तिले पार्टी एकीकरण गर्ने सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गर्दै एउटै कम्युनिस्ट पार्टी बनाउने घोषणा गरेका छन्।

Advertisement

फरक पृष्ठभूमि र स्कुलिङबाट आएका ठूला कम्युनिस्ट पार्टीका नेताहरूले आगामी दिनमा समाजवादको नयाँ मोडेल तयार पारेर आर्थिक समृद्धि र बलियो राष्ट्रिय एकता कायम गर्दै देशकै नेतृत्व लिने उद्घोषसहित पार्टी एकताको सैद्धान्तिक सहमति गरेका हुन्।

माओवादी शान्ति प्रक्रियामा आएयता १० वर्षदेखि सुषुप्त रूपमा भएको लामो कसरत र प्रयासपछि एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच मंगलबार पार्टी एकता गरेर अघि बढ्ने सैद्धान्तिक सहमति भएको हो।

सहमतिका लागि निकै लामो कसरत गर्नुपरेको नेताहरूले बताएका छन्। छरिएर रहेका अन्य वामपन्थी तथा अग्रगामी परिवर्तनकारी शक्तिहरूलाई पनि एउटै कम्युनिस्ट केन्द्रमा सहभागी भई अगाडि बढ्न उनीहरूले अपिलसमेत गरेका छन्। वामपन्थीहरूबीच हुन लागेको यो एकता र चुनावी तालमेल कसैविरुद्ध लक्षित नभई देशको आवश्यकताका आधारमा निर्माण भएको घोषणासभामा सहभागी शीर्ष नेताले बताएका छन्।

मंगलबार राजधानीको राष्ट्रिय सभागृहमा आयोजित ‘सहमतिपत्र घोषणासभा’मा तीनै पार्टीका नेताले आर्थिक समृद्धि, स्थिर सरकार र बलियो राष्ट्रिय एकता कायम गर्न एउटै कम्युनिस्ट केन्द्रको आवश्यकता महसुस गरी पार्टी एकीकरण गर्ने सैद्धान्तिक सहमति गरेको बताए। अन्नपुर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री