बिहीबार, १३ वैशाख २०८१

विदेश जान छाडेर स्वदेशमै १० विघा जग्गामा नमूना केरा खेती

समयपोष्ट २०७४ असोज १७ गते ४:५१

तुलसीपुर–१६ बैचपुरका रुद्रमणि लम्सालले तुलसीपुर–१६ बैचपुरमा केराखेतीको व्यावसायिकखेती शुरु गरेका हुन्।आफ्नो पाँच विघा जमिन र पाँच विघा जमिन भाडामा लिएर केराखेती शुरु गरेको लम्सालले जानकारी दिए।लम्सालले हाल सात विघा क्षेत्रफलमा साढे एघार हजार जिनाइन जातको केराको बिरुवा लगाएका हुन्।अन्य तीन बिगाहामा केरा लगाउने तयारीमा उनी छन्।उनले अहिलेसम्म ४९ लाख लगानी गरेका छन्।

Advertisement

दाङमा केराखेतीका लागि अनुकूल मौसम छ र यहाँ एक विघा ३० टन केरा उत्पादन हुने गर्छ । उनले सात जनालार्इ रोजगारी दिएका छन् । लम्सालले भने, “जागिर खानु र विदेशमा पसिना बगाउनुभन्दा आफ्नै गाउँमा केही नमूनायोग्य काम गर्ने उद्देश्यले केराखेती शुरु गरेको छु । अबको एक वर्षमा यसबाट  राम्रो आम्दानी दिनेछ भन्ने आशा छ ।”
 
दाङमा व्यावसायिक केराखेती नहुँदा अन्य जिल्लाबाट केरा आयात हुने गरेको छ । लम्सालका अनुसार दाङलाई केराखेतीमा आत्मनिर्भर बनाउन सकिन्छ।उनले पाँच विघा जमिनमा थोपा सिँचाइबाट र पाँच विघा जमिनमा परम्परागत सिँचाइ हुने व्यवस्था मिलाएका छन् । “राम्रोसँग केरा फलेमा एककट्ठा जमिनबाट  वार्षिक १० हजारसम्म आम्दानी लिन सकिने उनले बताए।

लम्सालले टिस्यूकल्चरबाट उत्पादित केराको बेर्ना १० विघा जमिनमा लगाउने र बाँकी बाहिर बिक्री गर्ने योजना रहेको समेत बताए।दाङमा ४०० हेक्टर जमिनमा केराखेती हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । बागवानी विकास अधिकृत धनराज गौतमका अनुसार १५ प्रतिशत केरा दाङमा उत्पादन हुने र  अन्य बाहिरी जिल्लाबाट आयात गरी पूर्ति गर्ने गरिएको छ।  रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री