बिहीबार, १३ वैशाख २०८१

भारतीय जेलमा: सीमा बचाउ अभियानका अगुवा,उमेर नपुगेकाे भारतीय केटीसँग विवाह गरेकाे मुद्दा

समयपोष्ट २०७४ असोज १७ गते २:५६

छाेराले उमेर नपुगेकाे भारतीय केटीसँग विवाह गरेकाे मुद्दा
 

Advertisement

सीमा बचाउ अभियानमा लागेका कोइलाडी तिलाठी गाउँपालिका २ का देवनारायण यादव र उनका छोरा अजयकुमारलाई भारतीय प्रहरीले आइतबार पक्राउ गरी सोमबार जेल चलान गरेको छ । 
देवनारायणका दाजु रामनारायण यादवले दशगजा क्षेत्रमा रहेको आदर्श ग्राम पञ्चायतमा सांस्कृतिक कार्यक्रम हेर्न गएका बेला अजयलाई रक्सी खाएर होहल्ला गरेको झूटो आरोपमा भारतीय प्रहरीले पक्राउ गरेको र छुटाउन गएका बाबु देवनारायणलाई समेत पक्राउ गरी भारतको विहार राज्यअन्तर्गत सुपौलको वीरपुर जेल पठाइएको जानकारी दिए । 

भारतको कुनौली थानाका प्रमुख विनोद यादवले देवनारायण, उनका छोरा अजय र कोइलाडी तिलाठीका विजयकुमार यादवविरुद्ध अपहरण मुद्दा रहेकाले त्यही सिलसिलामा पक्राउ गरिएको बताए ।

उनका अनुसार गत जेठ २० गते भारतको विहारस्थित कुनौली १ की १८ वर्षीया ज्योति कुमारीलाई अपहरण गरेको व्यहोराको उनकै दाजु सञ्जीवकुमार साहले दिएको जाहेरीका आधारमा तीनै जनालाई पक्राउ गरिएको हो । उजुरीमा उक्त घटना सन् २०१७ मे ३१ मा भएको उल्लेख छ ।  कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री