बुधबार, ७ साउन २०८२

सांग्रिला डेभलपमेन्ट बैंकले मनायो १५ औँ बार्षिक उत्सव

समयपोष्ट २०७६ कार्तिक १४ गते २०:४४

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले स्थापनाको १५ औं बार्षिक उत्सव मनाएको छ। बैंकले केन्द्रिय कार्यालय बालुवाटरमा बिहीबार एक कार्यक्रमकाबीच केक काटेर बार्षिक उत्सव मनाएको हो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले वार्षिकोत्सवको उपलक्ष्यमा सबैलाई शुभकामना दिए । बार्षिक उत्सवकै अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत बिगतका वर्षहरुमा जस्तै “रक्तदान–जीवनदान” भन्ने भावार्थलाई मनन् गरी रगतको अभाव नहोस् भन्ने उद्देश्यले बैंकको केन्द्रीय कार्यालय, बालुुवाटार, काठमाण्डौंमा मिति २०७६।०७।१५ गते शुक्रबार रक्तदान कार्यक्रम गर्ने र मिति २०७६।०७।१६ गते शनिबार बैंकका कर्मचारी तथा ग्राहकको उपस्थितिमा प्रभातफेरी कार्यक्रम गर्ने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री