शुक्रबार, ७ वैशाख २०८१

गीत युट्युबबाट हटाउने सहमतिपछि छुटे दुर्गेश

समयपोष्ट २०७६ कार्तिक ५ गते १५:५८

Advertisement

गायक दुर्गेश थापा छुटेका छन् ।

आफ्नो विवादित गीत युट्युबबाट हटाउने सहमतिपछि गायक थापा छुटेका हुन् ।

तिहारको छेको पारेर सार्वजनिक गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ मा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका उनी मंगलबार पक्राउ परेका थिए ।

दुर्गेशले सार्वजनिक गरेको ‘ह्याप्पी तिहार, चिसो वियर’मा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने जस्ता शब्द प्रयोग गरेका थिए ।

उक्त गीत हटाउनुपर्ने माग गर्दै जिल्ला प्रशासनमा उजुरी परेकोले प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री