शुक्रबार, ७ वैशाख २०८१

एक्स.सी.एम.जी.को नयाँ २२ टनको एक्साभेटर नेपाली बजारमा

समयपोष्ट २०७६ कार्तिक ५ गते १४:३६

Advertisement

नेपालका लागि एक्स.सी.एम.जी.को एक मात्रै आधिकारिक बिक्रेता आई.डी.एम.सीले एक्स.इ. २१५ सी एक्साभेटर लन्च गरेको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी कम्पनीले एक्स.इ. २१५ सी एक्साभेटर लन्च गरेको हो ।

एक्काइस हजार नौ सय अपरेटिङ वेट रहेको यो एक्साभेटरमा इसुजुको आयातित इन्जिन जडान गरिएको छ । यो इन्जिन १७२ हर्सपावर क्षमताको रहेको छ । साथै, एक्स.इ. २१५ सी एक्साभेटरमा मेकानिकल पप्प, कावासाकी हाइड्रोलिक सिस्टम, ५.६८ मिटरको बुम तथा २.९१ मिटरको आर्म रहेको छ । यो एस्काभेटर बढि शक्तिशाली र कम इन्धन खपत गर्ने कम्पनीको भनाई छ ।

चीनको नं. १ कम्पनीको रुपमा रहेको एक्स.सी.एम.जी विश्वकै छैटौं ठूलो निर्माण उपकरण बनाउने कम्पनी हो । यसले ह्वील लोडर, एक्साभेटर, ग्रेडर, रोलर, क्रेन, पाइलिङ मेशिन, बोरिङ मेशिन जस्ता थुप्रै निर्माण उपकरणहरु उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री