शुक्रबार, १६ चैत २०८०

आफ्नै विद्यालयको बसले किच्दा आठ वर्षीय विद्यार्थीको मृत्यु

समयपोष्ट २०७६ कार्तिक ५ गते १४:२०

Advertisement

ललितपुरमा आफ्नै विद्यालयको बसले किच्दा एक बालकको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका छम्पीस्थित होली टेम्पल विद्यालयको बा २ ख ५००९ नम्बरको बसले मंगलबार बिहान एलकेजीमा अध्ययनरत आठ वर्षीय बालक नवीन घिमिरेलाई किचेको हो । उनको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

विद्यालय जाने क्रममा उनी बस चढेलगत्तै ढोकाबाट खसेको र सोही बसको पछाडिको पांग्राले किचेको प्रत्यक्षदर्शीले बताएका छन् ।

चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री