बिहीबार, १३ वैशाख २०८१

नेपाली अधिकारीलाई सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी भारतमा प्रशिक्षण

समयपोष्ट २०७६ कार्तिक ४ गते १८:३३

Advertisement

नेपाल सरकारका १८ अधिकारीहरुको दोस्रो समूहले २०७६ कात्र्तिक ४ बाट भारतको बेंगलूर स्थित नेशनल एकेडमी ऑफ़ कस्टम, इनडायरेक्ट टैक्स, और नारकोटिक्स (एनएसीआईएन) मा “सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण” बारे प्रशिक्षण सुरु गरेको छ ।

नेपाल सरकारको अनुरोधमा कूल ६० अधिकारीहरुको लागि तयार पारिएकोे यो एक विशेष कोर्ष हो । नेपाल सरकारका विभिन्न निकायहरुको क्षमतालाई अभिवृद्धि गर्ने भारत सरकारको प्रतिबद्धताको उदाहरणको रुपमा यस कार्यक्रमलाई लिइएको छ ।

 

भारत सरकारको पूर्ण सहयोग रहेको सो कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग (आईटिइसी) कार्यक्रम अन्तर्गत रहेको छ । यस प्रशिक्षणले कार्यक्रममा सहभागी अधिकारीहरुको सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी मामिलाहरुलाई प्रभावकारी ढङ्गबाट सामना गर्न सक्ने क्षमतालाई अभिवृद्धि गर्नेछ ।

२० नेपाली अधिकारीहरुको पहिलो समूहले २०७६ भाद्र ७ गते ६ दिने प्रशिक्षण मोड्युल सफलतापूर्वक सम्पन्न गरेका थिए । २१ नेपाली अधिकारीहरुको तेस्रो समूहले यही मंसीर–पौष महिनादेखि प्रशिक्षण सुरु गर्नेछन् ।

वित्तीय अनुसन्धान एवम् सम्पत्ति शुिद्धकरण क्षेत्रमा (एनएसीआईएन) भारत सरकारको अत्याधुनिक शिक्षण सुविधा सहितको प्रमुख प्रशिक्षण संस्थान हो ।

योे एशिया  प्रशान्त क्षेत्रका लागि विश्व भन्सार संस्थाको एक मान्यताप्राप्त क्षेत्रीय प्रशिक्षण केन्द्र हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री