बिहीबार, १३ वैशाख २०८१

जन्सनको बेबी पाउडरमा क्यान्सरको कारक तत्व फेला

समयपोष्ट २०७६ कार्तिक ४ गते १६:५४

Advertisement

अमेरिकी बहुराष्ट्रिय फर्मास्युटिकल्स तथा मेडिकल उपकरण निर्माता कम्पनी जन्सन एन्ड जन्सनले ३३ हजार बेबी पाउडरका बोतल फिर्ता लिएकाे छ ।

अनलाइनबाट खरिद गरिएका ती बेबी पाउडरमा क्यान्सरको तत्व अस्बेस्टस फेला परेपछि कम्पनीले अमेरिकामा ३३ हजार बोतल फिर्ता लिएकाे हो ।

फिर्ता गरिएको सबै बेबी पाउड अनलाईन मार्फत खरीद गरिएका थिए । अमेरिकी स्वास्थ्य नियामक फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (यूएसएफडीए) ले परिक्षणका लागि केही नमुना लिएको थियो । यी नमुनामा क्यान्सरको कारक तत्व फेला परेको हो । योसँगै कम्पनीले स्वेच्छिक रुपमा उक्त लटका सबै ३३ हजार बोतल फिर्ता मागेकाे हो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री