मंगलबार, ४ वैशाख २०८१

कहिले प्रयोग नगर्नुहोस् यस्तो कण्डम ? एक्सपायर भएको यसरी थाहा पाउँनुहोस्

समयपोष्ट २०७६ कार्तिक ४ गते १४:१२

Advertisement

गर्भनिरोध साधनको रुपमा रहेको कण्डम बजारमा सहजै उपलब्ध हुन्छ ।

साथै यसले यौन सँग सम्बन्धीत रोगहरु एचआईभी, एड्स र गनोरियाबाट पनि जोगाउने काम गर्छ । तर, ध्यान दिनुपर्ने कुरा के हो भने अन्य सामान जस्तै कण्डमको पनि एक्सपायरी डेट हुन्छ र एक्सायपर भइसकेको कण्डमको प्रयोग गर्नबाट जोगिनु पर्छ ।

यदि कण्डमको प्याकेट खोलेर बाहिर निकाल्ने बित्तिकै कण्डम धेरै नै सुक्खा, चिपचिप वा निकै नै कडा अनुभव हुन्छ भने तपाईं त्यो कण्डमको प्रयोग नगर्नु बेस हुन्छ ।

कण्डमबाट नराम्रो दुर्गन्ध आयो र रंगपनि खुलिएको छ भने कण्डम बिग्रेको वा एक्सपायर भएको हुन सक्छ । त्यसकारण यस्ता दुर्गन्धित र रंग खुलिएको कण्डमपनि प्रयोग गर्नबाट जोगिनुपर्छ । अन्यथा यसले संक्रमण गराउन सक्छ ।

सँधै एक्सपायरी मिति जाँच गरेर मात्रै कण्डम खरिद गर्नुपर्छ । किनकी जसरी जसरी एक्सपायरी डेट नजिकिदै जान्छ कण्डमको इलास्टिसिटी र उसको असर कम हुन थाल्छ । त्यति मात्र नभई कण्डम हेर्नमा राम्रो भएपनि एक्पायरि मिति सकिसकेको अवस्थामा कण्डमको प्रयोग गर्नु हुँदैन ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री