शुक्रबार, १४ वैशाख २०८१

सनराइज बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने

समयपोष्ट २०७६ कार्तिक ४ गते ९:४५

Advertisement

सनराइज बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट तीन अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने स्वीकृति पाएकाे छ ।

७ वर्षे भुक्तानी अवधि भएको यस ऋणपत्रले वार्षिक १०.२५ प्रतिशत व्याजदर प्रदान गर्दछ भने व्याज भुक्तानी अर्ध वार्षिक रुपमा हुने बैंकले जनाएको छ ।

बैंकले १००० रुपैयाँ अंकित दरकोे १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्काशनको माध्यमबाट बिक्री गर्नको लागि तथा १८ लाख कित्ता ऋणपत्र परिपत्रविधिबाट संस्थागत/व्यक्तिहरुलाई बिक्री खुल्ला गरिने बैंकले जनाएको छ ।

सिद्धार्थ क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको यस ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सुचीकरण हुनुका साथै विभिन्न बैक तथा वित्तीय संस्थाहरुबाट धितो राखीकर्जा समेत लिन सकिनेछ ।

केयर रेटिङ नेपालले न्युन कर्जा जोखिम “केयर एनपी ए माइनस” रेटिङ्ग प्रदान गरेको यस ऋणपत्रमा सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम ३ लाख कित्ताको लागी आबेदन गर्न पाउनेछन् । तर व्यक्तिगत तवरबाट बिक्री गरिने ऋणपत्रमा अधिकतम सिमा नलाग्ने बैंकले जनाएको छ ।

हाल बैंकको चुक्ता पुँजी आठ अर्बभन्दा बढी रहेको छ । बैकले १२२ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर, १४२ वटा ए.टि.एम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री