शुक्रबार, १६ चैत २०८०

१८ विकास बैंक सहित ८१ कम्पनीको सेयर कारोबार रोक्का

समयपोष्ट २०७६ कार्तिक ३ गते १२:११

Advertisement

नेपाल स्टक एक्सचेन्जले बैंक,लघुवित्त सहित विभिन्न ८१ कम्पनीको सेयर कारोबार रोक्का गरेको छ ।

नेप्सेले धितोपत्र सूचीकरणको वार्षिक शुल्क नबुझाएको भन्दै आईतबारबाट बैंक,लघुवित्त सहित विभिन्न ८१ कम्पनीको सेयर कारोबार रोक्का गरेको एक सूचनामार्फत जानकारी दिएको छ ।

कारोबार रोक्का भएका कम्पनीहरुमा १८ वटा विकास बैंक, १९ वटा लघुवित्त कम्पनी, ३ वटा व्यापार कम्पनी, सोल्टी र याक एन्ड यति गरी २ वटा होटल, अन्य समूहका २ वटा कम्पनी र ११ वटा लघुवित्त कम्पनी छन् । यस्तै उत्पादन समूहका ११ वटा, जलविद्युत समुहका १३ वटा, बिमा समूहका २ वटा कम्पनी छन् ।
धितोपत्र सुचिकरण नियमावली २०७५ अनुसार आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र यस्तो शुल्क बुझाइसक्नुपर्ने प्रावधान छ ।


प्रतिक्रिया

सम्बन्धित सामाग्री