शुक्रबार, ७ वैशाख २०८१

उज्यालो भीमदत्तअन्तर्गत सौर्यबत्ती जडान हुँदै

rss २०७६ कार्तिक २ गते १६:५५

 

Advertisement

राजेन्द्र पनेरु/विमलबहादुर विष्ट

कञ्चनपुरको भीमदत्त नगरपालिकामा उज्यालो भीमदत्त कार्यक्रमअन्तर्गत रु ५० लाखको बजेटमा नगर क्षेत्रमा एक सय बढी सौर्यबत्ती जडान गरिने भएका छन् । चालू आर्थिक वर्ष २०७६/७७ मा नगर क्षेत्रमा ११० सौर्यबत्ती जडान गरिने भएका हुन् ।

कार्यक्रमअन्तर्गत चालू आवमा ९४ सौर्यबत्ती बत्ती जडान भइसकेका नगरप्रमुख सुरेन्द्र विष्टले बताउनुभयो । अरु सौर्यबत्ती जडानकार्यलाई अगाडि बढाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष महेन्द्रनगर बजारको भानुचोकदेखि पुरानो बसपार्कसम्म सौर्यबत्ती जडान गरिएका थिए ।

सांसद डा दीपकप्रकाश भट्टको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम र नगरपालिकाको साझेदारीमा ती सौर्यबत्ती जडान गरिएका हुन् । नगरप्रमुख विष्टले उज्यालो नगर बनाउने प्रतिबद्धताअनुसार विभिन्न निकायसित सहकार्य र समन्वय गरी उज्यालो भीमदत्त कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । गाउँ शहर उज्यालो झिलमिली बनाउने उद्देश्य लिएर कार्यक्रम सुरु गरिएको उहाँले जनाउनुभयो ।

नगरपालिका र क्षेत्रीय शहरी विकास आयोजना सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीको साझेदारीमा यस वर्ष ११० सौर्यबत्ती जडान गरिने कार्यक्रम बनाइएको छ । पर्यटकीय क्षेत्रका रुपमा रहेको महाकाली नदीको झोलुङ्गे पुलमा सौर्यबत्ती जडान गरिएका छन् । पुलको सौन्दर्यकरण र उज्यालोका लागि सौर्यबत्ती जडान गरिएको हो । यसका लागि नेपाल पर्यटन बोर्डसँग सहकार्य गरिएको छ ।

उज्यालो भीमदत्त कार्यक्रमका लागि नगरपालिकाले यस वर्ष बजेटसमेत बढाएको छ । गत वर्ष रु २० लाख बजेट विनियोजन गरिएको सो कार्यक्रमका लागि चालू आर्थिक वर्षमा रु ५० लाख छुट्याइएको छ । नगरपालिकाले प्राथमिकता दिएको उक्त कार्यक्रमअन्तर्गत वडाहरुमा सौर्यबत्ती र सडकबत्ती जडानका लागि बजेट विनियोजन गरिएको छ ।

यसैगरी, नगरपालिकाले वडा नं ९ मा पर्ने अहिलेसम्म अध्यारो अवस्थामा रहेका खल्ला, टुँडिखेल र मसेट्टीका बस्तीमा विद्युत् पु¥याउने तयारी गरेको छ । नगरप्रमुख विष्टले ती बस्तीमा विद्युतीकरण कार्य शुरु गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री